इङलिस प्रेमिएर लिगमा आज रोमान्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

इङलिस प्रेमिएर लिग अन्तर्गत आज आइतबार मात्र दुई खेल हुनेछ ।

पहिलो खेल आर्सनल र नटिङह्याम फरेस्ट बिच हुनेछ । दोस्रो स्थानमा रहेको आर्सनलले आफ्नो घरेलु मैदान इमिरेट्स स्टेडियममा पुछारमा रहेको फरेस्टलाई स्वागत गर्नेछ ।

आर्सनलले आजको खेल जिते शीर्ष स्थानमा पुग्नेछ भने फरेस्टले जित हासिल गरे पुछारबाट कम्तीमा १८ औं स्थानमा उक्लिने छ ।

यस खेल राती ७:४५ मा सुरु हुनेछ ।

त्यस्तै अर्को खेल म्यान्चेस्टर युनाइटेड र वेस्टह्याम युनाइटेडबिच हुनेछ । यस खेल निकै रोमान्चक हुने देखिन्छ । वेस्टह्यामका प्रशिक्षक डेभिड मोयेसले आफ्नो पुर्व क्लबको सामना गर्नेछ ।

छैठौं स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले १३ औं स्थानमा रहेको वेस्टह्यामबिरुद्ध ओल्ड ट्राफोर्डमा राती १० बजे खेल्नेछ ।

म्यान्चेस्टर युनाइटेडले यस खेल जिते चेल्सीलाई पछि पार्दै पाचौं स्थानमा उक्लिने छ भने वेस्टह्यामले जित्न सके नवौं स्थानमा उक्लने छ ।