आर्सेनलको कठिन जित

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा आर्सेनलले जित हासिल गरेको छ ।

आर्सेनलको घरेलु मैदान एमिरेट्समा भएको खेलमा नटिङ्ह्याम फरेस्टबिरुद्ध २-१ को जित निकालेको हो ।

खेलमा आर्सनलका एन्केटियाले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो ।

साकाले ३२ औं मिनेटमा गोल गर्दै आर्सेनलको अग्रता दोब्बर बनाए ।

८२ औं मिनेटमा टाइवोले गोल गर्दै नटिङह्याम फरेस्टका लागि सान्त्वना गोल फर्काए ।

जितसंगै हाल आर्सनल दोस्रो स्थानमा उक्लिएको छ भने फरेस्ट हाल १९ औं मिनेटमा रहेको छ ।