डिसेम्बर ३मा प्रिमियर लिगको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलको सामना गरेको थियो र युनाइटेडले उक्त खेल जित्दा सुपरस्टार रोनाल्डोले दुई गोल गरेका थिए र आर्सनल विरुद्ध गोल गरे पछि उनले आफ्नो साथी र आर्सनल फ्यान पियर्स मोर्गन जो प्रसिद्ध रिपोर्टर पनि हुन्, उनी सँग माफी मागेको खुलेको छ।
Piers Morgan: “Arsenal played #mufc and I sent Cristiano Ronaldo a desperate plea before kick-off, ‘Please don’t score against us’. Of course, he scored twice, and United won 3-2. ‘Sorry,’ Cristiano texted back after the final whistle.” #mulive [mail]
— utdreport (@utdreport) December 12, 2021
खेल २-२को स्कोरमा हुँदा रोनाल्डोले उक्त खेलको ७०औँ मिनेटमा आफ्नो दोस्रो र टिमको तेस्रो गोल गर्दै युनाइटेडलाई जिताएका थिए र उक्त खेल पछि रोनाल्डोले आफू सँग माफी मागेको भनेर पियर्स मोर्गनले खुलाएका छन्।
“आर्सनलले म्यानचेस्टर युनाइटेड विरुद्ध खेलेको थियो र मैले क्रिस्टियानो रोनाल्डोलाई किक अफ अघि एक बिन्ती पठाएँ, ‘कृपया हाम्रो विरुद्ध गोल नगर्नुहोस् …,” डेली मेलका रिपोर्टर पियर्स मोर्गनले खुलाए।
“निस्सन्देह, उनले गोल गरे, उनले दुई पटक गोल गरे, र युनाइटेड ३-२ ले जित्यो। र उनले खेल पछि म सँग माफी माग्दै मेसेज गरे।
Piers Morgan shares Cristiano Ronaldo apology as Man Utd star passes milestone https://t.co/RQWZpQIYjX pic.twitter.com/8b8ARryzpp
— Mirror Football (@MirrorFootball) December 13, 2021
“यदि उनको मेसेजमा हासेको इमोजी नभएको भए मैले उनको माफी स्वीकार गर्ने थिएँ।”
५६ वर्षका रिपोर्टर पियर्स मोर्गन रोनाल्डोको ठुलो फ्यान हुन् र दुई बिच राम्रो मित्रता रहेको छ भने मोर्गनले धेरै पटक रोनाल्डो सँग अन्तर्वार्ता लिएका छन्। आर्सनल फ्यान भए पनि युनाइटेडका सुपरस्टारको प्रशंसा गर्नबाट भने उनी पछि पर्दैनन्।