इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा एभर्टनले आर्सनललाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा एभर्टनले आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एभर्टनले जित निकालेको हो ।
पहिलो हाफको इन्जुरी समयमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
त्यसअघि एभर्टनका रिचार्लीसनको दुई गोलले मान्यता पाएन ।
तर, खेलको ७९ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २-१ को जित दिलाए ।
यस जितसँगै एभर्टनले १५ खेलमा १८ अंक जोडेको छ ।
एभर्टन १२ औं स्थानमा रहेको छ ।
आर्सनल २३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।