आर्सनललाई ठुलो झट्का- ब्राजिलियन स्टार ३ महिना सम्म मैदान बाहिर हुन सक्ने 

फिफा विश्व कप २०२२मा ब्राजिल र क्यामरुन बिचको खेलमा ब्राजिलियन स्टार स्ट्राइकर गेब्रियल जेसुस चोट ग्रसित हुन पुगेका थिए उनले विश्व कपको बाँकी खेलहरू गुमाउने स्पष्ट भएको थियो भने हाल खबर अनुसार उनले आर्सनल सँगको खेलहरू पनि गुमाउने छन्।

क्यामरुन विरुद्धको खेलमा जेसुसको घुँडामा चोट लागेको थियो भने उनको चोटको लागि उनले शल्यक्रिया गरेका छन् र सो शल्यक्रिया पछि उनि ३ महिना सम्मको लागि मैदान बाहिर हुने रिपोर्ट छ जुन आर्सनललाई ठुलो झट्का हुन सक्ने छ।

आर्सनल हाल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा रहेको छ भने यो सिजन लिगको लागि प्रतिस्पर्धा गर्न आर्सनल सँग राम्रो अवसर रहेको बेला गेब्रियल जेसुसको चोट आर्सनललाई ठुलो घाटा हुन सक्ने छ।

यो सिजन आर्सनलको उत्कृष्ट फममा जेसुसको पनि मुख्य भूमिका रहेको छ। १४ लिग खेलमा उनले ५ गोल र ५ असिस्ट गरेका छन् र उनको अनुपस्थितिले आर्सनलको उत्कृष्ट फममा पूर्ण विराम लगाउन सक्ने छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ