आयोजक राष्ट्र कतारमाथी इक्वेडरको सहज जित

फिफा विश्व कप २०२२ को सुरुवाती खेलमा आयोजक राष्ट्र कतारलाई इक्वेडरले पराजित गरेको छ ।

आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो ।

चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो ।

खेलको १६औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।

त्यसपछि, खेलको ३२औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।