शुक्रवार २०२२ फिफा विश्वकपमा आयोजक कतारले प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलेको थियो भने सेनेगल विरुद्धको उक्त खेलमा पनि कतारले हार बेहोरेको छ र कतार अर्को चरणको लागि छनोट नहुने पक्का भएको छ।
Senegal’s victory means Qatar becomes the first nation to be eliminated from knockout stage contention at the 2022 FIFA World Cup. 😬#FIFAWorldCup | #Qatar2022 pic.twitter.com/NeeDaJroNB
— Sportsnet (@Sportsnet) November 25, 2022
अल थुमामा स्टेडियममा भएको खेलमा कतार, सेनेगल सँग १-३ले पराजित भएको छ। पहिलो हाफको ४१ औँ मिनेटमा सेनेगलका बोलाए दीयाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए भने पहिलो हाफ १-०को स्कोरमा अन्त्य भएको थियो।
दोस्रो हाफ सुरु भएको ३ मिनेट पछि नै आयोजक कतारले दोस्रो गोल खाएको थियो। ४८ औँ मिनेटमा सेनेगलका फमारा डिडियोले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाएको थियो।
खेलको ७८ मिनेटमा भने मोहम्मद मुन्तारीको गोलमा कतार एक गोल फर्काउन सफल भएको थियो र सो गोल आयोजक कतारको यो विश्वकपमा पहिलो गोल बन्यो भने मोहम्मद मुन्तारी विश्वकपमा गोल गर्ने पहिलो कतारी खेलाडी पनि बने।
खेलको ८४ औँ मिनेटमा सेनेगलले आफ्नो तेस्रो गोल पाएको थियो। बम्बा डिएङले गोल गर्दै खेललाई १-३को स्कोरमा लाग्दै सेनेगलको जित सुनिश्चित पारे।
उक्त हार पछि आयोजक कतार ग्रुपबाटै नकआउट हुने पक्का भएको छ। ग्रुप एमा रहेको कतारले दुई खेलमा दुई नै हार बेहोरेको छ भने ० अंकको साथ ग्रुपको पुछारमा रहेको कतारले अन्तिम खेलमा नेदरल्याण्ड्स विरुद्ध खेल्ने छ।