आफ्नै गोलकिपर सँग झगडा गरे पछि खेलाडीले पाए रातो कार्ड

नर्वेको शीर्ष लिग एलिटसेरियनमा क्रिस्टियनसुन्ड र भाइकिंग एफके बिचको खेलमा २-०ले पछि परेको भाइकिंग एफकेले २-३को कम ब्याक गरेको थियो तर भाइकिंगको उक्त कम-ब्याकको भन्दा पनि भाइकिंगका टिम-मेट बिचको झगडा हाल चर्चाको विषय बनेको छ ।

नर्वेको फुटबल लिगमा आइतबार निकै अनौठो घटना भएको थियो एकै टिमका दुई खेलाडी बिच झगडा भए पछि खेलाडीले रातो कार्ड पाउन पुगे।  खेल अन्त्य हुन केही समय बाँकी रहेको बेला भाइकिंग एफकेका डिफेन्डर डेभिड ब्रेकालो र गोलकिपर प्याट्रिक गुनार्सन बिच झगडा हुन पुग्यो।

दुई बिच विवादको क्रममा डिफेन्डर डेभिड ब्रेकालो गोलकिपर प्याट्रिक गुनार्सन माथि हात हाल्न पुगेका थिए र उनलाई रेफ्रीले रातो कार्ड देखाए।

दुई बिचको झगडा रोक्न टिमका अन्य खेलाडीहरूले पनि प्रयास गरेको थियो । दुई बिच के कुरामा झगडा भएको भनेर हाल खुलेको छैन र उक्त घटनाको भिडियो भने धेरै भाइरल हुन पुगेको छ।

उक्त खेलमा भने भाइकिंगले उत्कृष्ट कम ब्याक जित हासिल गरेको थियो ८८ मिनेटमा २-१ले पछि रहेको बेला भेटोन बेरिशा र सोन्द्रे बजोर्शोलको गोल भाइकिंगले खेल जितेको थियो। उक्त उत्कृष्ट कमब्याक भन्दा पनि हाल दुई टिम-मेट बिचको झगडा हाइ-लाइटको विषय बन्न पुगेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ