आफू एक उत्कृष्ट ‘लिडर’ भएको यसरी प्रमाणित गरे रोनाल्डोले

पोर्चुगलले घानामाथि जित हासिल गरेपछि क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट लिडरसिपको एक भिडियो भाइरल भएको छ भने टोलीमा उनको महत्त्व उक्त भिडियोले देखाउँछ।

उक्त खेलमा रोनाल्डोले पेनाल्टी मार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए र खेलको ८८ औँ मिनेटमा उनी सब्सीट्यूट हुँदै मैदान बाहिर निस्के तर खेलको अन्तिम मिनेटमा घानाले पोर्चुगललाई दबाबमा राखेको थियो भने खेललाई घानाले ३-२को स्कोर सम्म लगे र रोनाल्डो टच लाइनबाट आफ्नो टिमलाई प्रोत्साहन गर्दै देख्न सकिन्थ्यो।

३-२को स्कोर रहेको बेला खेलको अन्तिम मिनेटमा पोर्चुगलका गोलकिपर डिएगो कोस्टाको गल्तीमा पोर्चुगल गोल खान धेरै नजिक पुगेको थियो र खेल पछि कोस्टा केही नर्भस देखिन्थे भने टिमका कप्तान रोनाल्डोले डिएगो कोस्टालाई हौसला दिँदै उनलाई खुसी हुन आग्रह गरे।

“हामी जित्यौँ, तिमी हाँस्नुपर्छ, हामीले जित्यौँ! अर्को एक जित र हामी अर्को चरणमा जान्छौँ, तिमी हाँस्न सक्छौ”- रोनाल्डोले आफ्नो गोलकिपर डिएगो कोस्टालाई खेल पछि भन्दै गरेको सुन्न सकिन्थ्यो।

उक्त भिडियो भाइरल भए पछि रोनाल्डो एक उत्कृष्ट ‘लिडर’ भएको प्रमाणित भएको छ भने धेरैले उनको उक्त लिडरसिपको प्रशंसा गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ