आज हुने म्यान्चेस्टर युनाइटेड र ब्रेन्ट्फोर्ड बिचको खेल यस कारण स्थगित

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ ।

युनाईटेडका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।

युनाईटेडले मंगलबार राति ब्रेन्टफोर्डविरुद्ध खेल्ने तालिका रहेको थियो ।

तर, खेल अघि गरिएको परिक्षणमा खेलाडी र पदाधिकारीमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

कोभिड पोजेटिभ देखिएको खेलाडीलाई घरमै सेल्फ आईसोलेसनमा पठाईएको छ ।

कोभिडकै कारण यस अघि टोटेनहम र ब्राइटनबीचको खेल समेत स्थगित भएको थियो ।