ला लिगामा आज राती रियल म्याड्रिड र एटलेटिको मड्रिडबीच खेल हुदैछ ।
मड्रिड डर्बीको यो खेल दुबै टिमका लागि महत्वपूर्ण छ ।
शीर्ष स्थानको रियलले एटलेटिकोलाई पराजित गर्दै दोस्रो स्थानको सेभिल्लासँगको दूरी बढाउने योजनामा रहेको छ ।
अर्कोतर्फ एटलेटिकोले भने रियलमाथि जित निकाल्दै उसँगको अंक दूरी घटाउने पक्षमा रहेको छ ।
लिग अन्तर्गत रियलले पछिल्ला पाँचमध्ये पाँचै खेल जितेको छ र उसले १६ खेलमा ३९ अंक जोडेको छ ।
दोस्रो स्थानको सेभिल्लाको ३४ अंक छ । तेस्रो स्थानको रियल बेटिसको ३० अंक छ ।
यता चौथो स्थानमा रहेको एटलेटिकोको १५ खेलमा २९ अंक रहेको छ र उसले पछिल्ला पाँचमध्ये तीन खेलमा मात्र जित हात पार्न सकेको छ ।
यो डर्बी खेल राती १:४५ मा सुरु हुनेछ ।