आज मनाङ र मछिन्द्र क्लब बीच रोमान्चक भिडन्त हुँदै, खेल कति बजे? पूरा जानकारी

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुदैछ ।

लिग अन्तरगत पाँचौं चरणको खेलमा सोमबार दुई खेल हुन लागेको हो । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

जावलाखेल एनआरटीलाई पराजित गर्दै केहि समयको लागि शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अंक खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ ।

यो खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

त्यसै गरि चौंथो चरणसम्म तेस्रो रहेको मछिन्द्रले पाँचौं चरणमा साविक विजेता मनाङ मर्स्याङ्दीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउसो ३ बजे सुरु हुनेछ । लिग लिडर समत रहेको मनाङलाई पराजित गर्न सके मछिन्द्र शीर्ष स्थानमा उक्लनेछ ।

मनाङ आफ्ना मुख्य खेलाडी अन्जन विष्टको पुनरागमनमा सुखद् नतिजा दिने लक्ष्यमा रहेको छ ।