कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई रोमान्चक खेल हुदैछ ।
पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् भने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच रोमान्चक खेल हुनेछ ।
जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा खेल्नेछन् ।
पुलिस ६ खेलमा २ खेलमा जित, २ हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ ।
जावलाखेल २ खेलमा जित, १ हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।
दोस्रो खेलमा, नेपाली एल क्लासिको भनेर केहि दर्शकहरुले चिनिने, मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा दुवै टिम दिउँसो ३ बजे आमने सामने हुनेछन् ।
उपाधि होडमा रहेका दुवै टिमलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । नयाँ सिजन खेलाडी अनुबन्धनमा खासै चासो नदेखाएका दुवै क्लब सन्तुलित टिम बनाउँदै लिगमा चुनौती पेश गरिरहेका छन् ।
मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ ।
थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक सहित तालिकाको चौथो स्थानमा छ ।