आज देखि प्रेमिएर लिग पुर्न सुचारु, हेर्नुहोस सबै खेल नेपाली समय अनुसार

विश्व कपको लामो ब्रेकपछि इङलिस प्रेमिएर लिग आज देखि पुर्न सुचारु हुनेछ । आज प्रेमिएर लिगमा ८ खेल हुदैछ ।

पहिलो खेल ब्रेन्ट्फोर्ड र टोटेन्ह्याम बिच हुनेछ । यस खेल साझ ६:१५ मा सुरु हुनेछ ।

त्यस्तै, राती ८:४५ मा एकैचोटि चार खेल हुनेछ । क्रीस्टल प्यालेस र फुल्ह्याम, इभर्टन र वुल्भरह्याप्टन, लेस्टर सिटी र न्युकास्टल युनाइटेड, साउथह्याम्प्टन र ब्राइटन, यी सबै खेल ८:४५ मा हुनेछ ।

त्यसैगरी, एस्टन भिल्लाले लिभरपुलबिरुद्ध खेल्नेछ । यस खेल ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल मध्ये रात १:४५ मा आर्सनलले आफ्नो घरेलु मैदानमा वेस्टह्याम युनाइटेडलाई स्वागत गर्नेछ ।