आइपिएल फाइनल: चेन्नईले कोलकाताको सामना गर्दै

एजेन्सी, इन्डियन सुपर लिग अन्तर्गत फाइनल खेलमा आज चेन्नइ र कोलकाता भिड्दै छ । दुबई मा हुने खेलमा चेन्नइका कप्तान धोनि चौथो पटक उपाधि जित्ने दाउमा हुनेछ भने कोलकाताका कप्तान इओन मोर्गान टोलिलाइ तेश्रो उपाधि दिलाउन चाहन्छ ।

यी दुइ टिम बिच पहिला एक पल्ट फाइनलमा भेट भएको थियो । कोलकाताले फाइनलमा चेन्नईलाई पाच विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।

चेन्नई सुपर किङ प्लेयर टु वाच
धोनि, मोइन अलि र रुतुराज गाइक्वाड महत्वोपुर्ण

धोनिको जारी सिजन खासै प्रभाव जमाउन नसके पनि क्वालिफाइयरमा भने ६ बलमा १८ रन जोडै दिल्ली क्यापिटलसमाथी जित हासिल गर्न मुख्य भुमिका निर्वाह गरे ।

यस्तै, चेन्नईका अर्को हतियार हो मोइन अलि! इंग्ल्यान्डका अल राउण्डर अलि आइपिएल गत महिना देखि सुचारु भए यता ब्याटमा खासै जम्न सकेन । उनको ८ इनिगंमा मात्र औसत १४.२५ रन रहेको छ ।

तर, उनको बलिङले भने ब्याट्स्म्यानलाइ गाह्रो बनाएको छ । उनको इकोनोमि प्रतियोगिताको उत्कृष्ट ६.३५ प्रति ओभर रहेको छ ।

ओपनिगं ब्याट्सम्यान गाइक्वाडको अर्को ओपनर फाफ दु प्लेसिससंग राम्रो जमेको छ । उनले जारी प्रतियोगितामा ६०३ रन बनाएको छ भने शिर्ष रनकर्ता के यल राहुल भन्दा २४ रन पछि रहेको छ ।

कोलकाता नाइट राइडर्स प्लेयर टु वाच
सुनिल नारायन, इओन मोर्गन र भेन्कटेस आइयर

पछिल्ला ६ खेल चोटका कारण गुमाएका एन्ड्रे रसेल फाइनल खेलका लागी फिट हुने नहुने यकिन छैन । त्यस, अवस्थामा अर्का वेस्ट इन्डिज अल राउण्डर सुनिल नारायनको भुमिका महत्वोपुर्ण छ ।

उनिमा ब्याटिङ र बलिङ गर्ने दुबै खुबि छ । फिट भएको कारण वेस्ट इन्डिजको बिश्व कप टि-२० खेल्ने टोलिमा नपरेका सुनिलमाथी केकेआर समर्थकको ठुलो अपेक्षा छ ।

इग्ल्यान्ड कप्तान मोर्गनको यस सिजन ब्याटिङ चल्न सकेको छैन । उनले पछिल्ला ८ इनिङमा दोहोरो रन मात्र एक इनिङमा जोड्न सफल भयो ।

तर, उनको कप्तानि शैलीको भने सबैले खुलेर प्रशंसा गरेको छ ।

दुबईको पिचमा धेरै ब्याट्सम्यानलाई समस्यामा पार्ने गर्दछ । यद्यपि, अयर भने दुबईमा उत्कृष्ट लयमा देखिन्छ । उनले ३२० रन जोडि सकेका छन भने औसत ४० रन रहेको छ ।

२६ बर्षियले गत महिना डेब्यु गरेका उनि ३ अर्धसतकिय पारी खेलिसकेका छन ।