शनिबार राती फिफा विश्व कपको राउन्ड-अफ १६को खेलमा अर्जेन्टिनाले अस्टेलियाको सामना गरेको थियो भने सुपरस्टार लियो मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले २-०को जित हासिल गर्यो र उक्त खेलको म्यान अफ द म्याच अवार्ड मेस्सीले जिते।
Lionel Messi vs. Australia pic.twitter.com/hI4rOwrWwf
— K37 (@rKLD0) December 3, 2022
उक्त खेलमा मेस्सीको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो भने खेलको ३५औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, उक्त गोल फिफा विश्व कपको नक-आउट चरणमा मेस्सीको पहिलो गोल रहेको थियो।
अर्जेन्टिनाको पहिलो गोल गरेका मेस्सीले खेलमा थप गोल नगरे पनि आफ्नो महत्त्वपूर्ण उपस्थिति देखाए उनले अस्टेलिया माथि नियमित रूपमा दबाब राखे र आफ्नो टिम-मेटहरूलाई पनि उनले सहायता गर्दै अर्जेन्टिना क्वाटर फाइनलमा पुग्न मद्दत गरे।
The fans came, and Messi delivered! 🤩
After scoring his first goal for Argentina in a #FIFAWorldCup knockout game, Lionel Messi takes home the @Budweiser Player of the Match award. 🍺
🇦🇷 #ARGAUS 🇦🇺 @Budfootball #POTM #YoursToTake #BringHomeTheBud #BudweiserWorldCup pic.twitter.com/9MfaZGkudx
— FIFA World Cup (@FIFAWorldCup) December 3, 2022
उक्त खेल पछि मेस्सी धेरै जस्तो खेलकुद विश्लेषण वेबसाइटहरूले ९.५को रेटिंग दिएको छ भने उनले सो खेलमा म्यान अफ द म्याच अवार्ड पनि जिते।
खेलको ५७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७औँ मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरे पनि अर्जेन्टिना २-१ ले विजयी भयो ।
जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटर फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले क्वाटर फाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।