एजेन्सी, बिश्व कप छनोट अन्तर्गतको खेलमा जापानले अष्ट्रेलियामाथि रोमाञ्चक जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा जापानले अष्ट्रेलियालाइ २-१ गोल अन्तरले पराजित गरेको हो ।
अष्ट्रेलिया पछिल्ला ११ खेल जित्दै १२ जितको खोजिमा थिए भने खराब लयबाट गुज्रिरहेको जापानलाइ लयमा फर्किने सुनौलो अवसर थियो ।
साइटामा रंगशालामा भएको खेलमा सुरुवाति अग्रता जापानले लिएको थियो । तानकाले सुरुवाति अग्रतामा जापान एक गोलले अग्रता लिएको थियो ।
त्यस्तै, ह्रुस्टिकले फ्रि-किक मार्फत गोल गर्दै अष्ट्रेलियालाइ खेलमा फर्काएका थिए । मोरिताले पेनाल्टी ब्क्स नजिक लडाए पछि प्राप्त फ्रि-किकमा गोल गर्दै १-१ गोलको अवस्थामा खेललाइ पुराए ।
खेलको अन्तिम पाँच मिनेट बाकि रहेको स्थितिमा ताकुमा असानोको प्रहार बेहिचलाइ लाग्दै आत्मघाति गोल गर्न पुगे ।
यस जितसंगै समुह बि मा रहेको जापानले ६ अंक जोडेको छ भने अष्ट्रेलियाले ९ अंक जोडेको छ । यस्तै, समुहको शिर्ष स्थानमा साउदि अरब रहेको छ ।