पोखरा महानगरपालिका-२१ छुटेगौंडाबाट अवैध रुपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ व्यास नगरपालिका-१४ बस्ने २९ वर्षीय अमृत सापकोटा र पाल्पा राम्भा गाउँपालिका-७ जेकाम बस्ने ३५ वर्षीय बिशाल अछामी राना रहेका छन्।
न्यायिक तथा अर्धन्यायिक निकायले गर्ने कामहरु गर्ने गराउने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सहयोगको लेटरप्याड, सहयोग रसिद ९ थान र नगद २६ हजार २ सय १० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।