अल नासर फाइनलमा, फेरि पनि रोनाल्डो नै नायक

पोर्चुगिज स्टार क्रीस्टियानो रोनाल्डोको गोलमा अल नासर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनल खेलमा इराकी क्लब अल शोर्टालाई १-० गोलले पराजित गर्दै अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

अल नासरको जितमा खेलको ७५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

फाइनलमा अल नासरले अल हिलाल र अल शाबाबबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अगस्त १२ मा हुनेछ ।