अल–नासरमा रोनाल्डोले तत्काल डेब्यु नगर्ने

एजेन्सी । पोचुगिज भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अल–नासरमा डेब्यु गर्न प्रतिबन्ध लागेको छ । उनले आज राती हुने खेलमा उपलब्ध नहुने जनाएको छ ।

अल–नासरले रोनाल्डो अनुबन्ध गर्न १७५ मिलियन पाउण्ड वार्षिक तिरेको छ ।

अल–ताइविरुद्धको खेलका लागि रंगशालाका सबै सिट बुक भैसकेको समेत जनाएको छ ।

तर, गत नोभेम्बर १७ मा इंग्ल्याण्ड फुटबल संघले रोनाल्डोलाई पचास हजार पाउण्ड र दुई खेल प्रतिबन्ध लगाइएको थियो ।

उनले एभर्टनसंगको खेलमा एक जना समर्थकको फोन फुटाए पछि रोनाल्डोलाई प्रतिबन्ध लगाइएको हो ।

साउदी लिगमा रोनाल्डोले अल–ताइसंगै अल–शबाबविरुद्धको खेल समेत गुमाउने भएको छ ।