अल-इतिहादका कोचले बेन्जेमा आफ्नो योजनामा नपर्ने भने पछि

साउदी प्रो लिग क्लब अल-इतिहादले रियल म्याड्रिडका स्टार स्ट्राइकर बेन्जेमालाई साइन गरे पछि साउदी प्रो लिगको निकै चर्चा भएको थियो तर हाल साउदी क्लब अल-इतिहादका पोर्चुगिज कोच नुनो एस्पिरिटो सान्तोले बेन्जेमा आफ्नो योजना नपर्ने बताएको जानकारी छ।

नुनोले अल-इतिहाद बोर्डलाई करिम बेन्जेमा आफ्नो रणनीतिक शैलीमा फिट नहुने जानकारी दिएको रिपोर्ट छ।

पोर्चुगिज कोच नुनो एस्पिरिटो सान्तो पहिलेनै बालोन डि’ओर विजेता बेन्जेमालाई साइन गर्ने योजनाको विरुद्धमा रहेको जानकारी छ भने हाल उनी क्लब क्लबमा आए पछि अब दुइ बीच केहि तनाव सिर्जना भएको रिपोर्ट छ।

पोर्चुगिज म्यानेजरले कप्तानको आर्मब्यान्डको लागि बेन्जेमाको अनुरोधलाई पनि अस्वीकार गरेका थिए।

त्यस कारण, फ्रेन्च स्टार साउदी क्लबमा हालको वातावरणमा काम गर्न ‘सन्तुष्ट’, नरहेको खबर छ र उनले क्लब छोड्न सक्ने पनि उक्त रिपोर्टले जनाएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ