बोरुसिया डर्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला उनी कुन क्लब जाने भनेर हाल प्रसिद्ध फुटबल वेबसाइट गोल डट कमले रिपोर्ट गरेको छ। हालान्ड निकै उत्कृष्ट फममा रहेका थिए तर हाल उनी चोटको कारण मैदान बाहिर रहेका छन् र अर्को सिजन उनको नयाँ क्लब कुन हुने बारे धेरै चर्चा हुने गरेको छ।
🚨 Erling Haaland’s number one choice this summer is Real Madrid. He has already told his relatives, but he has not made a final decision yet and the Premier League still attracts hims. His priority will not be money, but the project that will be proposed to him.
(Source: GOAL) pic.twitter.com/z8NHjoI2lg
— Transfer News Live (@DeadlineDayLive) November 26, 2021
अर्को सिजन उनको €७५ मिलियनको रिलिज क्लज सक्रिय हुने छ भने उनलाई साइन गर्न म्यान सिटी, चेल्सी, रियल म्याड्रिड जस्ता क्लबहरू इच्छुक रहेको बेला यदि उनले २०२२ मा डर्टमन्ड छोडे भने रियल म्याड्रिड हालान्डले चाहेको गन्तव्य हुने गोल डट कमले जनाएको छ।
गोल डट कमका अनुसार अन्य क्लबहरू भन्दा रियल म्याड्रिडमा खेल्न हालान्ड धेरै इच्छुक हुने छन्। एम्बाप्पे र हालान्डलाई साइन गर्ने रियलको प्राथमिकता रहेको बेला हालान्डले रियल रोज्ने चर्चाले पक्कै पनि रियललाई धेरै फाइदा दिने छ।
Erling Haaland has told his entourage a move to Real Madrid ‘holds the greatest appeal’, however he has yet to make a final decision on his future. #ManCity, Man United, Chelsea and Liverpool have all been linked, and Haaland is a fan of English football.
— City Xtra (@City_Xtra) November 26, 2021
डर्टमन्डमा आए देखि युवा स्टार स्ट्राइकरले ६९ खेलमा ७० गोल गरेका छन्। म्यान सिटी, चेल्सी, लिभरपुल जस्ता क्लब उनलाई साइन गर्न इच्छुक रहेको बेला हालान्ड रियलमा जान इच्छुक रहेको हाल खबर रहेको छ।