अर्जेन्टिना विरुद्धको जित पछि साउदी अरेबियाका फ्यानहरूले यसरी उडाए मेस्सीको मजाक 

कतारमा जारी विश्व कपका समूह चरणका खेलमा साउदी अरेबिया अर्जेन्टिनालाई २-१ले पराजित गर्दै ठुलो झट्का दिएको छ र साउदी अरेबियाका फ्यानहरू उक्त जितबाट धेरै खुसी थिए भने स्टेडियमबाट बाहिर जाने क्रममा साउदीका फ्यानहरूले मेस्सीलाई लक्षित गर्दै क्रिस्टियानो रोनाल्डोको शैलीमा सेलेब्रेट गरे।

२०२२ विश्व कपको पहिलो खेलमै हार बेहोर्नु अर्जेन्टिना र फुटबल सुपरस्टार मेस्सीको लागि ठुलो दुःख पक्कै पनि हुने तर साउदी अरेबियाका फ्यानहरूले मेस्सीको घाउमा नुन छर्किदिएका छन्। जित पछि साउदी अरेबियाका फ्यानहरूले मेस्सीको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी रोनाल्डोको प्रसिद्ध सेलेब्रेसन गर्दै मेस्सीको थप मजाक उदाएका छन्।

 

लुसेल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले खेलको १० औँ मिनेटमा अग्रता बनाएको थियो । लिआन्ड्रो पेरेडेसलाई पेनाल्टी क्षेत्र भित्र लडाए पछि प्राप्त पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए तर दोस्रो हाफमा साउदीका सालेह अल-शेन्री र सलिम अलडसरीले गोल गर्दै साउदीलाई जित दिलाए ।

साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ले पराजित गर्दै इतिहास रचे पछि साउदी अरेबियामा बुधवार सार्वजनिक बिदाको घोषणा पनि भएको थियो ।

यो वर्षको विश्व कप जित्ने मुख्य दाबेदार मध्ये एकको रूपमा रहेको अर्जेन्टिना माथि साउदी अरेबियाले निकै अविश्वसनीय जित हासिल गर्दै इतिहास रचेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ