एजेन्सी, युएफा नेसन्स लिगले आफ्नो २०२४ संस्करणबाट ब्राजिल र अर्जेन्टिना सहित १० दक्षिण अमेरिकी देशहरूलाई पनि समावेश गर्ने तयारी गरेको छ। रिपोर्टका अनुसार युएफाका उपाध्यक्ष जिबिग्निएव बनिएभले उक्त जानकारी दिएका हुन्।
युएफाको यस कदमलाई फिफाको नियोजित द्विवार्षिक विश्वकपको स्पष्ट विरोधको रूपमा देखिएको छ। युएफा युरोपियन च्याम्पियनसिप र कोपा अमेरिकाका विजेताहरू बीचको पहिलो “फाइनालिसिमा” खेलमा इटाली र अर्जेन्टिना लन्डनको स्टेडियममा भिड्नेछन्।