एजेन्सी । लिओनेल मेस्सीले बिहिबारको प्रशिक्षणमा सहभागी नभए पछि उनले घाइते भएको चर्चा चलेको छ । अर्जेन्टिनाको बिहिबारको प्रशिक्षणमा मेस्सी उपस्थित थिएनन् ।
क्रोएसियाविरुद्ध उत्कृष्ट खेल पस्केका मेस्सीले अर्जेन्टिनालाई फाइनलमा स्थान दिलाए । उनले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
सोही खेलमा उनको ह्याम्सट्रीङमा समस्या आएको थियो । तर, अर्जेन्टिनी सञ्चार माध्यमका अनुसार मेस्सीले फाइनल खेल खेल्ने जनाएको छ ।
बिहिबारको प्रशिक्षणमा मेस्सी लगायत अन्य खेलाडी रिकभरी सेसनमा रहेको थियो ।
अर्जेन्टिनाको विश्व कप यात्रामा मेस्सी मुख्य खेलाडिका रुपमा स्थापित भएका छन् । उनले ६ खेल खेल्दा चार खेलमा म्यान अफ द म्याच अवार्ड हात पारेका छन् ।
त्यस्तै, पाँच गोल गर्दा तीन अस्सिट प्रदान गर्दै शिर्ष गोलकर्ताको सुचिमा पहिलो स्थानमा रहेको छ ।