अर्जेन्टिनाका गोलकिपर वारे एम्बाप्पेले मुखे खोले

२०२२को विश्व कप फाइनलमा फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिनाले उपाधि जिते पछि अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बारम्बार फ्रेन्च युवा स्टार स्ट्राइकर एम्बाप्पेको मजाक उडाएका थिए भने हाल एम्बाप्पेले सो वारे जवाफ दिएका छन्।

“मैले खेलपछि उनीसँग कुरा गरेँ। मैले उनलाई बधाई दिएँ।- एम्बाप्पेले अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज वारे बोल्दै भने।

“उनको लागि यो जीवनको लक्ष्य थियो। मेरो लागि पनि, तर मैले हारे, त्यसैले मैले राम्रो स्पोर्टम्यानसिप देखाउनु पर्छ।

“उनको सेलेब्रेसनहरु मेरो मेरो समस्या होइन, म यस्ता तुच्छ कुराहरूमा समय खेर फाल्दिनँ।”

उक्त जित पछि अर्जेन्टिनाका खेलाडीहरू ड्रेसिङ रुममा गीत गाउँदै सेलेब्रेट गर्ने क्रममा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले “एम्बाप्पेको लागि एक मिनेट मौन” भन्दै मजाक उडाएका थिए।

पछि फेरी अर्जेन्टिनामा ओपन बस परेडमा सेलेब्रेट गर्दै गर्दा गोल्डन ग्लोभ जितेका गोलकिपरले एम्बाप्पेको नकाब भएको उक्त पुतलीलाई समात्दै एम्बाप्पेको मजाक उडाएका थिए भने हाल सो वारे एम्बाप्पेले जवाफ दिएका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ