अन्ततः इन्टर मायामीको हार

एमएलएस अन्तर्गतको खेलमा इन्टर मियामीले भारी हार बेहोरेको छ । आइतबार बिहान सम्पन्न खेलमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एटलान्टाको जितमा ट्रीस्टान मुयुम्बा, ब्रूक्स लेनन, जिओर्गोस र टेलर वोल्फ़ले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका कमल मिलरले आत्मघाती गरेका थिए ।

त्यसैगरी इन्टर मियामीका लागि दुवै गोल भने लिओनार्दो क्याम्पानाले गरेका थिए ।

यस खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सी भने खेलेका थिएनन् । यस खेलका लागि खेल शुरु हुनु अघि सम्म ७० हजारभन्दा बढी टिकट बिक्रि भएकोमा मेस्सी नखेल्ने खबर बाहिरिएपछि धेरै जसो टिक सस्तोमा पुन: बिक्री भएको र कैयौं फ्यानहरु मैदानमा नै नगएको बताइएको छ ।

यस सिजनको एमएलएसमा इन्टर मियामीको यो १५ औं हार हो । गत जुलाईमा मेसी इन्टर मियामी गएपछिको क्लबको यो पहिलो हार पनि हो ।

यससंगै इन्टर मियामीको २७ खेलमा २८ अंक रहेको छ भने इस्टर्न कन्फेरेन्समा १४ औं स्थानमा छ । त्यस्तै, एटलान्टाको भने २९ खेलमा ४५ अंकसहित छैटौं स्थानमा रहेको छ ।