अन्जनको गोल बाबजुद नेपालको हार

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतविरुद्ध हार बेहोरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा कुवेतविरुद्ध नेपालले ३-१ ले पराजित भएको हो ।

खेलको २३औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए

त्यस्तै, खेलको ४२औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको ६५औं मिनेटमा मोहमद अब्दुल्लाहले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाएका हुन्।

खेलको ६८औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याएको थियो ।

अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।

अरु कुनै गोल नभएपछि खेल ३-१ मा रोकेको हो ।

नेपालले अब भारतबिरुद्ध सनिवार दोस्रो खेल खेल्नेछ ।