अतिरिक्त समयमा अर्जेन्टिनाको गोल मान्य नहुन पर्ने भन्नेहरूलाई रेफ्रीले दिए यस्तो कडा जवाफ 

nepmag.net

फिफा विश्व कप अन्त्य भए पछि पनि सो वारेको बहस अझै पनि जारी रहेको छ जसमा फाइनल खेलमा अर्जेन्टिनाले गरेको गोलको विषय अझै पनि चर्चामा रहेको छ।

फ्रान्स र अर्जेन्टिना बिचको फाइनल खेलको ९०मिनेट २-२को बराबरीमा अन्त्य भए पछि खेल अतिरिक्त समयमा गएको थियो र अतिरिक्त समयमा फेरी पनि अर्जेन्टिनाले गोल गर्दै आफ्नो अग्रता बनाएको थियो र सो गोल मान्य नहुन पर्ने धेरैको विश्वास रहेको थियो।

अर्जेन्टिनाले उक्त गोल गर्ने अगाडी नै अर्जेन्टिनाका बेन्चका खेलाडीहरू गोलको प्रत्याशामा मैदान भित्र पुगी सकेको कारण उक्त गोल मान्य नहुन पर्ने धेरैको विश्वास रहेको थियो तर, उक्त म्याचका रेफ्री सिमोन मार्सिनियाकले सो तर्क वारे कडा जवाफ दिएका छन्।

अतिरिक्त समयमा अर्जेन्टिनाले गोल गर्दै अग्रता लिए पनि फ्रान्सले पनि अतिरिक्त समयमा पेनाल्टी पाएको थियो र सो पेनाल्टी मार्फत गोल गरेको थियो र सो पेनाल्टी हान्ने क्रममा पनि फ्रान्सका बेन्चका खेलाडीहरू गोलको प्रत्याशामा मैदान भित्र पुगी सकेको रेफ्री मार्सिनियाकले बताए ।

“फ्रेन्चहरू यो तस्बिर उल्लेख गरेनन्, जहाँ एम्बाप्पेले गोल गर्नु अगाडी पिचमा सात फ्रेन्च खेलाडीहरू तपाईँले देख्न सक्नु हुन्छ।”- रेफ्री मार्सिनियाकले आफ्नो फोनमा फ्रान्सको गोल अगाडीको फोटो देखाउँदै भने।

एक पत्रकार सम्मेलनमा रेफ्रीले फ्रान्सका बेन्चका खेलाडीहरू पनि मैदानमा पुगी सकेको तर सो वारे कसैले नबोलेको भन्दै अतिरिक्त समयमा अर्जेन्टिनाको गोल मान्य नहुन पर्ने भन्नेहरूलाई कडा जवाफ फर्काए।

लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मा’र्‍यो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके ।

अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ